No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भ्रामक समाचारप्रति मजदुर र युवा अभियन्ताको आपत्ती, गल्ती नसच्याए कानुनी बाटो रोज्ने चेतावनी

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १९, २०७७
in मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाइन
1
भ्रामक समाचारप्रति मजदुर र युवा अभियन्ताको आपत्ती, गल्ती नसच्याए कानुनी बाटो रोज्ने चेतावनी
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित गछिया खोलामा श्रम गरेर जीवीको चलाइरहेका मजदुर र युवा अभियन्ताहरुले भ्रामक समाचारको खण्डन गरेका छन् ।

सुन्दरहरैंचा नगरपालिकाले समयमा खोलाको ठेक्का नलगाउँदा गछिया खोलामा श्रम गरेर जीवीको चलाइरहेका मजदुरलाई साँझ विहानको छाक टार्न नै समस्या भएपछि मजदुरहरु र युवा अभियन्ताहरुले नगरपालिकामा पुगेर प्रदर्शन गर्दै घेराउ गरेको विषयमा बेलबारीबाट सञ्चालित निरन्तर खबर डटकम नामक अनलाइनले भ्रामक समाचार प्रकाशन गरेको विषयमा मजदुर र युवा अभियन्ताहरुले खण्डन गरेका हुन् ।

सो अनलाईनमा प्रकाशीत समाचारमा युवा अभियन्ताहरुले मजदुरहरुलाई उक्साएर प्रलोभन देखाएर मेयरको विरुद्धमा नगरपालिकामा घेराउ गर्न लगाएको उल्लेख गरिएको छ । यस्तै युवा अभियन्ताहरु नै खोलाको दोहनमा संलग्न भएको गंभीर आरोप समेत लगाइएको छ । सुन्दरहरैंचा–४ स्थित गछिया खोला किनारमा भएको पत्रकार सम्मेलनमा बोल्दै मजदुरहरुले आफुहरु कसैको उक्साहट र प्रलोभनमा परेर नगरपालिका घेराउ गर्न नगएको भन्दै नगरपालिकाले खोला नखुलाउँदा २ छाक टार्न नै समस्या भएकाले बाध्य भएर जानु परेको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले यसरी भ्रामक प्रचार गर्ने सञ्चारमाध्यमले तत्काल गल्ती सच्याउनु पर्ने भन्दै गल्ती नसच्याए कानुनी प्रकृयामा अघि बढ्ने चेतावनी समेत दिएका छन् । मजदुरहरु सीता चौधरी, आशा चौधरी, नवीन भण्डारी लगायतले आफुहरु स्वतस्फूर्त रुपमा नगरपालिका घेराउ गर्न गएको बताउनुका साथै युवा अभियन्ताहरु खोला उत्खनन्मा संलग्न भएको भनि कुप्रचार गरिएकोमा अपत्ति जनाएका छन् ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै युवा अभियन्ता जयप्रकाश रायमाझी र सागरप्रसाद जम्मर कट्टेलले मजदुरहरुले आफुहरुसामु खोला नखुल्दा समस्या भएको भनेर गुनासो गरेपछि उनीहरुलाई साथ दिएको बताएका छन् । उनीहरुले मजदुरहरुलाई आफुहरुले प्रलोभनमा पारेको तथा आफुहरु अवैधरुपमा खोल उत्खनन्मा संलग्न भएको प्रमाण पेश गर्न भ्रामक समाचार संप्रेशण गर्ने निरन्तर खबर डटकमलाई चेतावनी समेत दिएका छन् ।

उनीहरुले यदी यस्तो कुनै पनि प्रमाण फेला पारेमा आफुहरु जस्तो सुकै कारवाही भोग्न तयार रहेको समेत प्रष्ट पारेका छन् । सो अनलाईनले नगर प्रमुख शिवप्रसाद ढकालको प्रलोभनमा परेर नियोजितरुपमा समाचार सम्प्रेसण गरेको हुनसक्ने अभियन्ता कट्टेलको दाबी छ ।

नगरपालिका घेराउको क्रममा समेत मेयर ढकालले मजदुरहरु कसैको उक्साहटमा घेराउ गर्न आएको अभिव्यक्ति दिएको र सो अनलाइनले समेत सोही प्रकारको समाचार प्रकाशन गरेको भन्दै उनले मेयर ढकालको निर्देशनमा नियोजित रुपमा नै गलत आरोप लगाएको उनको भनाइ छ ।

साथै पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघ सुन्दरहरैंचाले समेत विज्ञप्ती जारी गरि सो समचारमा आफुहरुलाई समेत आक्षेप लगाइएको भन्दै भत्र्सना गरेको छ । सत्य र निश्पक्ष समाचार सम्प्रेशण गर्नुपर्नेमा पत्रकारिताको धर्म विर्सिएर सो अनलाइनले भ्रामक समाचार बनाएर पत्रकारीता क्षेत्रको धज्जी उडाउने काम गरेको नगर सहसंयोजक मिलन लुइँटेलले बताए ।

सुन्दरहरैंचा नगरपालिकाले समयमा खोलाको ठेक्का नलगाउँदा गछिया खोलामा श्रम गरेर जीवीको चलाइरहेका मजदुरलाई साँझ विहानको छाक टार्न नै समस्या भएपछि मजदुरहरु र युवा अभियन्ताहरुले शुक्रबार नगरपालिकामा पुगेर प्रदर्शन गर्दै घेराउ गरेका थिए । सो प्रदर्शनमा नगर प्रमुख ढकालले मजदुरहरुमाथि प्रहरी परिचालन गरेर बल प्रयोग गर्ने प्रयास गरेका थिए ।

नगरपालिकाको परिसरमा प्रदर्शन गरिरहेका मजदुरहरुलाई प्रहरीले बाहिर धपाउने प्रयास गरेपनि नमाने पछि मेयर ढकाल करिव २ घण्टापछि पुगेका थिए । उनले तत्कालका लागि आइतबारबाट मजदुरहरुले बालुवा र गीटि झिक्न पाउने बताएपछि मजदुहरु घर फर्किएका थिए ।

Tags: निरन्तर खबर डटकमभ्रामक समाचारसुन्दरहरैंचा नगरपालिका
ShareTweetPin
Previous Post

२४ घण्टामा देशभर २ हजार २ सय ५३ कोरोना संक्रमित थपिए

Next Post

सप्तरी घटनाको छानबिनमा गर्न दबाब, प्रधानमन्त्रीलाई “खुलापत्र”लेखन तथा वाचन कार्यक्रम

Next Post
सप्तरी घटनाको छानबिनमा गर्न दबाब, प्रधानमन्त्रीलाई “खुलापत्र”लेखन तथा वाचन कार्यक्रम

सप्तरी घटनाको छानबिनमा गर्न दबाब, प्रधानमन्त्रीलाई “खुलापत्र”लेखन तथा वाचन कार्यक्रम

Comments 1

  1. Carlosnok says:
    4 years ago

    Как и обещал, запускаю конкурс на 10 призов по 0,001 BTC среди подписчиков! Подписывайся на канал https://t.me/neweconomytime – узнай условия и удачи!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.