काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले आफैँ मिटर रिडिङ गरी अग्रिम महसुल भुक्तानी गरेर २५ प्रतिशत सम्म विद्युत् महशुलमा छुट लिन आग्रह गरेको छ ।
प्राधिकरणले सूचना निकालेर छुट लिन तथा जरिवानाबाट बच्न ग्राहकलाई आग्रह गरेको हो । केही दिन पहिले प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिवाना नलिन निर्देशन दिएका थिए ।
मन्त्री पुनको निर्देशनअनुसार प्राधिकरणले सूचनामार्फत् अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको हो । प्राधिकरणका अनुसार मिटर रिडर मिटर पढ्न नआएमा वा बिल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी बिल लिन सक्ने जनाएको छ ।
छुट तथा जरीवना सम्वन्धि तालिका
क्र.सं. |
दिन |
छुट प्रतिशत |
१ | मिटर रिडिङ हुने दिन समेत गरी ७ दिनभित्र बुझाएमा | बिल रकममा २५ प्रतिशत छुट पाइने |
२ |
८ औंं दिनदेखि १५ औं दिनसम्म बुझाएमा |
बिल रकम मात्र तिर्नु पर्ने |
३ |
१६ औं दिनदेखि ३० औं दिनसम्म बुझाएमा |
५ प्रतिशत थप शुल्क तिर्नु पर्ने |
४ |
३१ औं दिनदेखि ४० औं दिनसम्म बुझाएमा |
१० प्रतिशत थप शुल्क तिर्नु पर्नेछ |
५ |
४१ औं दिनपछि |
२५ प्रतिशत थप दस्तुर तिर्नु पर्नेछ |
६ |
६० औं दिनभित्र पनि महसुल भुक्तानी नभए |
जुनसुकै समयमा लाइन काट्न सकिने |
याे समाचार उज्यालाे अनलाइनबाट साभार गरीएकाे हाे ।