इनरुवामा घर नक्सा अनलाईनबाट

सुनसरी । इनरुवा नगरपालिकाको कार्यालयले अनलाइन मार्फत घर नक्सा पास थालेको छ । प्रवृधिमैत्रीे अवधारणा अनुरुप घरनक्सा पासको कार्य अनलाइन सिस्टम मार्फत सुरुवात गरेको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

इनरुवा नगरपालिकाको कार्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी घर नक्सा पासको अनलाइन सेवा सुभारम्भ गरेको हो । नगर प्रमुख राजन मेहताले उक्त सेवाको थालनी गरे ।

घर नक्सा पास तथा निर्माण कार्य व्यवस्थापन प्रणाली (इबीपीएस) अन्र्तगत प्रवाह हुने सेवा छिटो, छरितो र विश्वसनीय रहने नगरपालिकाको ठहर छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.