सुनसरी र मोरङका २ जनाको लडेर मृत्यु

रामधुनी । सुनसरी ईनरुवा ९ बस्ने ३५ बर्षीया दुखनीदेबी खत्वेको लडेर ज्यान गएको छ । खेतमा घाँस काट्ने क्रममा दुखनीदेबी अचानक लडेर बेहोस भएकी थिइन् ।

बेहोस भएकी उनलाई आफन्तले तत्काल उपचारार्थ लैजादै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी मोरङ सुन्दरहरैंचा १२ का ३५ बर्षीय कुमार उरामनको लडेर ज्यान गएको छ ।

सोहि स्थानमा रहेको न्यु पन्चकन्या सेन्टरी हार्डवेयरमा ल्याएको सिमेन्ट बोकेर स्टोर तर्फ लाने क्रममा अचानक लड्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.