चलचित्र ‘हिड्दा हिड्दै’मा कति लिए आकाशले पारिश्रमिक

रामधुनी । अभिनेता आकाश श्रेष्ठले लकडाउनपछि एउटा सिनेमा साइन गरे । सिनेमाको नाम हो, ‘हिड्दा हिड्दै’ । सामाजिक पारिवारिक कथामा यो सिनेमा बन्नेछ ।

आकाशले यो सिनेमाको कथा मन परेकाले काम गरेको बताएका छन् । सिनेमा हिड्दा हिड्दैका लागि अभिनेता आकाश श्रेष्ठले महंगो पारिश्रमिक लिएको चर्चा छ ।

आकाशले १० लाख भन्दा बढी पारिश्रमिक लिएर यो सिनेमा साइन गरेको चर्चा चलेको हो । आकाशले फिल्म पोई पर्यो कालेका लागि पनि महंगो रकम लिएका थिए ।

आकाशको क्रेज बढ्दै गएपछि उनलाई लिएर सिनेमा बनाउने निर्माताहरुको सूची पनि लामै छ । आकाश म्यूजिक भिडियोमा पनि व्यस्त छन् । नेपाली सिनेमामा अभिनेताहरुमा केहीले महंगो रकम लिएर फिल्ममा काम गरिरहेका छन् ।

आकाशले पनि महंगो अभिनेताको रुपमा आफूलाई उभ्याएका छन् । तर, सिनेमा चलाउनुपर्ने जिम्मेवारी पनि उनमा छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.