झापा । झापाका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका(१० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका(१२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका(१३ ईलाम रोडबाट शनिवार दिउँसो ३ बजे पक्राउ गरेको हो ।
मे. ४ प. ७७२६ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त परीणामको लागुऔषध बरामद भएको थियो ।
यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका(१ का २१ बर्षीय संदिप धिमाल, २३ बर्षीय आकाश राई र अर्जुनधारा नगरपालिका(७ का १९ बर्षीय आषिश राईलाई १४ ग्राम लागुऔषध ब्राउनसुगर सहित अदुवा पुल छेउबाट शनिवार दिउँसो ४ बजे पक्राउ गरेको छ ।
पुल छेउमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा उक्त स्थानमा पुगेको प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो ।
यस्तै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४ केजी ५८ ग्राम नियन्त्रीत लागुऔषध गाँजा सहित माङसेबुङ गाऊँपालिका(६ ईलाम घर भई दमक नगरपालिका(१ बस्ने २६ बर्षीय अर्पण राईलाई पक्राउ गरेको छ ।
आफ्नै कोठाबाट लागुऔषध गाँजाको कारोवार गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले नियामानुसार राईको कोठा खानतलासी गर्दा उक्त परिणामको लागुऔषध गाँजा बरामद गरेको थियो ।
कोठाबाट लागुऔषध बरामद भएसंगै राईलाई समेत नियन्त्रणमा लिनुका साथै पक्राउ परेका सबै जना उपर कानूनी कारवाही तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।