सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ घुम्थाङको पहिरोमा परेर ३ जनाले ज्यान गुमाएका छन् । पहीरोमा १८ घर पुरीएका छन् ।
गएराति भीरखर्कबाट सुरु भएको पहिरोले विशेष गरेर डाँडागाउँ र नागपुजेमा क्षति पु¥याएको हो ।
भीरखर्कमा ६ जना र नागपुजेमा १७ जना बेपत्ता भएका छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ गएका छन् । उनी स्थलमार्गबाटै बाह्रबिसे गएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
केही दिनअघि सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा पनि पहिरो गएको थियो । उक्त पहिरोमा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै वेपत्ता छन् ।
फोटोः उज्यालो अनलाईनबाट