रामधुनी । प्रदेश १ मा आज थप ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जनामा संक्रमण देखिएको हो ।
सुनसरीको इटहरीमा ८ महिला र ६ पुरुष, दुहवीमा १ महिला र ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १–१ पुरुष, संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष र चिलिलामा १ महिलामा संक्रमण देखिएको छ ।
यस्तै मोरङको विराटनगरमा २ महिला र ४ पुरुष, रतुवामाईमा ३ महिला र २ पुरुष, पथरीशनिश्चरेमा १ महिला र १ पुरुष, कटहरी र सुनबर्षीमा १–१ पुरुष तथा रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
उता झापाको शिवसताक्षीमा २ महिला र ५ पुरुष, कमल गाउँपालिका र बा¥हदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला र १ पुरुष तथा प्रदेश १ बाहिरका १ महिला र १ पुरुषमा संक्रमण देखिएको छ ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ । प्रदेश १ मा आज थप ५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ ।
आज मुलुकभरी भने १२४६ जनामा संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा संक्रमित हुनेको संख्या ५० हजार ४६५ पुगेको छ । त्यस मध्ये ७१ प्रतिशत संक्रमित निको भएका छन् ।
आज मात्रै १८१८ जना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ३५ हजार सात सय पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।