सुनको मूल्यमा पुनः वृद्धि

रामधुनी । नेपाली बजारमा पछिल्ला केही दिन सुनको मूल्यमा पुनः वृद्धि हुन थालेको छ । हिजोको तुलनामा आज छापावाल सुन प्रति तोला ४ सय रुपैयाँले वृद्धि भएको छ ।

छापावाल सुन प्रति तोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मुल्य प्रति तोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रति तोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो मुल्य भोली विहान ११ बजेसम्म कायम रहने छ । त्यसपछि मुल्यमा थपघट हुन सक्ने महासंगले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.