विराटनगरका दुईजना महिलाको मृत्यु,संख्या ३७ जना पुग्यो

मोरङ । मोरङ्गमा कोरोना भाइरसबाट दुईजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा विराटनगर महानगरपालिका ४ की ६४ वर्षीया र विराटनगर ११ की ४३ वर्षीया महिला रहेका छन् ।

मृत्क मध्ये एक जनाको विराटनगर स्थित कोशी अस्पतालमा र एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएकाे हाे ।

कोशी अस्पतालमा शुक्रबार बेलुकी मृत्यु भएकी विराटनगर महानगरपालिका ४ की ६४ वर्षीया महिलाको शनिबार बिहान पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल भर्ना गरिएको थियो । आइसोलेशनमा भर्ना गरेर उपचार भैरहेकोमा साँझ मृत्यु भएकाे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर ११ की ४३ वर्षीय कोरोना सङ्क्रमीत महिलाको पनि शुक्रबार बेलुका मृत्यु भएकाे  हो । पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रेफर भएकी महिलाको  मृत्यु भएकाे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

महिलामा चार वर्षदेखि मुटु र उच्च रक्तचापको समस्या रहेको बताइएको छ । प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ३७ जना  पुगेको छ । जसमा १२ जना प्रदेश २ घर भएका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.