‘ड्राइगन फ्रुट’ खेतीबाट यसरी उदाहरणीय बने कृपाश्वर (भिडियो सहित)
इटहरी । स्वदेशमै कृषि कर्म गरेर सफल र उदाहरणीय बन्दै गएका कृपाश्वर घले भन्छन्,‘काम गर्ने जोस, जाँगर, इच्छा र सहयोग हुनुपर्छ मानिस सफल हुन केही सोच्नु पर्दैन ।’ हुन त उनले पनि आफ्नो युवा अवस्था बन्दुक समाएर अर्काकै मुलुकमा युद्धका लागि तम्तयार रहेका थिए । खोटाङको केपिलासगढीमा जन्मिएका घले अहिले सुनसरीको तरहरामा परिवारसँगै बस्छन् । अहिले उनले रामधुनी ७ रानीपोखरीमा खोलेको ‘तर्जुमा ड्राइगन फ्रुट कृषि फर्मले कृषिप्रधान मुलुकमा कृषिबाटै समृद्ध बन्ने सपना साकार हुने तर्फ विश्वस्त भएका छन् । बिहान देखि बेलुकासम्म कृषि व्यवसायमा नै व्यस्त देखिन्छन् । रानीपोखरीमा रहेको करिब १० कट्ठा जग्गामा लगाएको सो फ्रुटको खेतीका कारण उनी फुर्सदिलो…