No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

धनकुटा र ललितपुर बीच भगिनी सम्बन्ध

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र २५, २०७८
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
धनकुटा र ललितपुर बीच भगिनी सम्बन्ध
Share on FacebookShare on Twitter

धनकुटा । महालक्ष्मी नगरपालिका, धनकुटा र महालक्ष्मी नगरपालिका, ललितपुरबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुवै नगरका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । त्यस्तै, महालक्ष्मी नगरपालिका ललितपुरको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, उपप्रमुख निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले हस्ताक्षर गरेका छन् । दुई नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, समाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तर्सम्बन्ध कायम गर्ने, एकआपसमा असल अभ्यास आदानप्रदान गर्ने लगायत बिषय समझदारी पत्रमा उल्लेख छन् ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख नेपाल र उपप्रमुख अधिकारी तथा महालक्ष्मी नगरपालिका, ललितपुरको तर्फबाट नगर प्रमुख श्रेष्ठ, उपप्रमुख थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखे । उनीहरुले भगिनी सम्बन्धले दुवै नगरपालिकाको पर्यटन प्रवर्द्धन, सामाजिक, सांस्कृतिक, व्यापारिक, आर्थिक र संस्थागत विकास लगायतमा अन्तर्सम्बन्ध कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा दुवै नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि लगायत पनि सहभागि थिए । सोही अवसरमा महालक्ष्मी नगरपालिका, ललितपुरको नगर गान पनि सार्वजनिक गरियो । त्यस्तै, महालक्ष्मी नगरपालिकाको प्रयास र उपलब्धी पुस्तक विमोचन तथा महालक्ष्मी पत्रिका विमोचन पनि गरिएको छ ।

Tags: धनकुटामहालक्ष्मी नगरपालिका ललितपुरललितपुरस्थानीय तह भगिनी
ShareTweetPin
Previous Post

प्रदेश योजना आयोगका उपाध्यक्ष, सदस्यहरूको सपथ ग्रहण सम्पन्न

Next Post

सात लाख कित्ता आईपीओ निष्कासन गर्दै रिभर फल्स पावर

Next Post
मध्य भोटेकोशी जलविद्युतको आइपीओ शुक्रबार बाँडफाँड हुने

सात लाख कित्ता आईपीओ निष्कासन गर्दै रिभर फल्स पावर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.