रामधुनी। शाओमीले रेडमि नोट ११ एस् र रेडमी नोट ११ प्रो ५ जी नेपालमा सार्वजनिक गरेको छ । प्रत्येक वर्ष नयाँँ प्रविधि र फिचरहरू भएको फोन ल्याउन अगाडि रहेको शाओमीले अपग्रेडसहित नयाँ फोनहरू बजारमा सार्वजनिक गरेको हाे ।
शाओमीले यी फोनहरूको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागसिप फोनको उपलब्धतालाई झनै सहज बनाएको नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले जानकारी दिए ।
रेडमी नोट ११ एस पोलार ह्वाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा र रेडमि नोट ११ प्रो ५ जी ग्रेफाइट ग्रे, पोलर ह्वाइट र एट्लान्टिक ब्लुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी दुइवटै फोनहरू ६ जीबी र्याम १२८ जीबी इन्टरनल र ८ जीबी र्यामं १२८जीबी इन्टरनल स्टोरज रहेको जनाइएको छ ।
रेडमी नोट ११ एस जीबी १२८ जिबिको ३० हजार, ८ जीबीं १२८ को ३२ हजार र रेडमी नोट ११ प्रो ५ जीको ६ जीबीं १२८ जीबी भएको ३७ हजार र ८ जीबीं १२८ जीबी भएको स्मार्ट फोनको मूल्य ४० हजार रहेको कम्पनीले जनाएको छ ।

















