रामधुनी । नोबेल मेडिकल कलेज, टिचिङ अस्पताल विराटनगरले मिर्गौला प्रत्यारोपण गर्न अनुमति पाएको छ।
साउन १ गते बसेको स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले नोवेल अस्पताललाई मिर्गौला प्रत्यारोपण सम्बन्धि क्रियाकलाप संचालन अनुमति दिने निणर्य गरेको हो।
समितिका सदस्य सचिव रहेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले मानव शरीरको अंग प्रत्यारोपण ९नियमित तथा निषेध० ऐन, २०५५ को दफा ५को उपदफा ९१० बमोजिम अनुमति दिएको जानकारी दिए ।
यो अनुमतिपत्र दुईवर्ष बहाल रहने उनले जानकारी दिए ।

















