इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना भएको ३० वर्ष पूरा गरेको अवसरमा आउँदो कात्तिक १३ गते ३०औं स्थापना दिवस भव्यताका साथ मनाउने भएको छ ।
संस्थाले एक सूचना जारी गर्दै ३०औं स्थापना दिवस भव्यताका साथ मनाइने जानकारी दिएको हो ।
संस्थाका शेयर सदस्य, पदाधिकारी, कर्मचारी, सहकारीकर्मी, सरोकारवालाहरूको उपस्थिति रहने संस्थाका कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।
कार्यक्रम इटहरी५ स्थित इटहरी पार्टी प्यालेसमा बिहान ११ बजे सुरु हुनेछ।
संस्थाले सोही दिन इटहरी–१६ मा सञ्चालनमा रहेको अतिरिक्त काउन्टर सेवा बाहेक अन्य सबै कार्यालयहरू बन्द रहने समेत सुचना मार्फत जानकारी दिएको छ।
किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापना कालदेखि नै बचत, ऋण प्रवाह, सदस्य सशक्तीकरण तथा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ।


















