काठमाडौं । सरकारले रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्याउने भएको छ ।
आर्थिक वर्ष २०८२/ ०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रासयनिक मलको आपूर्ति वृद्धि गरी ६ लाख मेट्रिकटन पुर्याउने बताएका हुन् ।
रासयनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन भएको छ । लगानी बोर्डमार्फत रासयनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गर्नै बताए ।
अर्थमन्त्री पौडेलले माटोको गुणस्तर कायम राखि उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रमका लागि ४० करोड विनियोजन गरिएको बताए


















