इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आफ्ना ६ जना शेयर सदस्यलाई १५ दिनभित्र लिएको ऋण फिर्ता गर्न अन्तिम चेतावनी सहितको सूचना जारी गरेको छ।
संस्थाले विभिन्न मितिमा ऋण लिएका बबिता कुमारी भगत खवास, सम्झना पराजुली, सिमा राई, नितु तामाङ, कविता भट्टराई र सइन्द्र राईलाई तोकिएको समयसीमाभित्र बाँकी ऋण भुक्तानी गर्न आग्रह गरेको हो।
सहकारीले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “तोकेको समयसीमा भित्र ऋण भुक्तानी नगरेमा संस्था बाध्य भएर कानून बमोजिमको प्रक्रिया अगाडि बढाउनेछ।”


















