No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कामधेनुले काठमाडौ उपत्यकासहितका बजारमा सुरु गर्याे बिक्रि

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ११, २०८१
in अर्थ, समाचार, हेडलाइन
0
कामधेनुले काठमाडौ उपत्यकासहितका बजारमा सुरु गर्याे बिक्रि
Share on FacebookShare on Twitter

इटहरी । सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौ उपत्यकासहितका बजारमा बिक्रि बितरण सुरु गरेको छ ।

संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर,खुवा लगायत स्वादिलो मिठाइका परिकारहरू उपत्यकाका सहरहरूमा बजारीकरण सुरु गरेको हो । करिब २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्द्रित व्यापार सुरु गरेको अध्यक्ष यादप ढकालले बताए ।

अध्यक्ष ढकालका अनुसार बजारीकरणको पहिलो चरणमा काठमाडौंको चाहवहिलमा शीत भण्डार स्थापना गरिएको छ । पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामाग्रीहरु स्टोर गरी काठमाडौं, भक्तपुर,ललितपुर सहित काभ्रेपलान्चोकका बजारमा विक्री वितरण गर्दै आएको संस्थाका बजार प्रमुख नवराज नेपालले जानकारी दिए ।

कामधेनुले यस आर्थिक वर्ष भित्रमै उपत्यकाका २० मुख्य बजारहरूमा विक्री केन्द्र खोल्न लागेको बजार प्रमुख नेपालले बताए । उपत्यकामा समेत खुल्ला दुग्ध पदार्थहरू जथाभाबी बेचबिखन हुने पाइएकाले सरकारले अनुगमन गरी त्यस्ता कार्य निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ ।

उपभोक्ताले गुणस्तरीय दुग्ध पदार्थहरूको माग अत्यधिक मात्रामा गरिरहेको अवस्थामा उपत्यकामा आइसकेपछि थप हौसला मिलेको दाबी गरे । इटहरी उपमहानगरपालिका २० स्थित तरहरा प्रधान कार्यालय रहेको कामधेनुमा प्रत्यक्ष रूपमा पूर्वका  सुनसरी,मोरङ,झापा,धनकुटा,तेह्रथुम लगायत जिल्लाका एघार हजार कृषकहरू आबद्ध रहेका छन् ।

विदेशका निर्यातका लागि छुर्पीको सम्झौता

कामधेनुले आफ्ना उत्पादनहरूलाई विदेशसम्म पुर्‍याउने तयारी सुरु गरिसकेको छ । बजारीकरणकै क्रममा सहकारी संस्थाले अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा दुग्धजन्य पदार्थहरू निर्यात गर्दै आएको ललितपुरको लेकाली नेपाल प्रा।लीसँग कम्तीमा वार्षिक ५० हजार केजी छुर्पी विक्री गर्ने गरी सम्झौता गरेको छ ।

लेकाली नेपाल प्रा।लीका म्यानेजर अङ्कित मुन्द्राले संस्थासँग वार्षिक ५० हजार केजी छुर्पी खरिद गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संस्थाका तर्फबाट अध्यक्ष ढकालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतिकेजी १ हजार ३ सयदेखि १ हजार ४ सयसम्म खुद्रा मूल्यमा विक्री हुँदै आएको छुर्पी विदेश निर्यात गर्ने गरी सम्झौता हुँदा समग्र कृषकहरूलाई पनि फाइदा पुग्ने संस्थाका अध्यक्ष ढकालले बताए ।

पछिल्लो समय सरकारको दुग्ध विकास संस्थानले समेत कृषकहरूले उत्पादन गरेर विक्री गरेको दुग्धजन्य पदार्थहरूको उचित मूल्य नै नपाइरहेको समयमा पूर्वी नेपालमा उत्पादन भएका सामाग्रीहरू उपत्यका पुरयाएर विक्री वितरण गर्न निकै चुनौतीपूर्ण मानिन्छ । तर पनि कामधेनुले आफ्ना उत्पादनहरूलाई नेपालका ठुला सहरहरूमा समेत पुर्‍याउनका लागि बजारीकरण गर्नु महत्त्वपूर्ण भएको धनकुटाका कृषक भरत गुरुङले बताए ।

पछिल्लो समय कृषकले उत्पादन गरेका दुग्धजन्य पदार्थहरू बिक्री नभएर मिल्क होलिडे भइरहेको समयमा कोशी प्रदेशमा राम्रो हिस्सा ओगटेको कामधेनुले पूर्वमा उत्पादन भएका पदार्थहरू बिक्री गर्दा यहाँ देखिएको समस्याहरू समेत निराकरण हुने कृषक गुरुङको दाबी छ ।

ShareTweetPin
Previous Post

शुरु भयाे जनकपुरबाट ‘रावायण’को छायांकन, फिल्म तिजमा

Next Post

कतारी अमिरको स्वागतमा सिँगारियो काठमाडौं

Next Post
कतारी अमिरको स्वागतमा सिँगारियो काठमाडौं

कतारी अमिरको स्वागतमा सिँगारियो काठमाडौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.