No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

हेल्लो सरकार ! दुर्घटनाको दर कहिलेसम्म बढाउने ?

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १६, २०७९
in आलेख, राष्ट्रिय, शिक्षा, स्थानीय, हेडलाइन
0
हेल्लो सरकार ! दुर्घटनाको दर कहिलेसम्म बढाउने ?
Share on FacebookShare on Twitter

खोटाङको चिसापानीबाट बिहान सबेरै काठमाडौँको सम्मको यात्रा तय गरेँ । यात्राको सारथि थियो यामाहा एफ जेठ भी टु, थुप्रै पहाडी इलाका र पूर्व पश्चिम सम्मको यात्रा सहज रूपमा गर्ने गरेको थिएँ, यो पटकको यात्रा पनि सकुशल नै हुनेमा पूर्ण विश्वासका साथ यात्रा जारी राखेँ । उदयपुर बेल्टार आएपछि पहाडी इलाका प्रायः सकियो ।

यतिकैमा कफी पिउँदै एउटा कविता आफ्नै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेँ,

“यसो हेर्छुः
जागिर पाउनेहरू पनि खुसी छैन
जागिर नपाउने पनि खुसी छैनन्
विवाह गर्नेहरू पनि खुसी देख्दिन
विवाह नगर्ने पनि खुसी देख्दिन
घर हुँनेनेहरु पनि खुसी देख्दिन
घर नहुनेहरू पनि खुसी देख्दिन
प्रेममा परेकाहरू पनि खुसी देख्दिन
प्रेम विहीन पनि खुसी देख्दिन
पिरतीमा धोका दिनेहरू पनि खुसी देख्दिन
धोका पाउनेहरू त झनै खुसी हुने कुरै भएन
आफ्नै गाडी घोडा भएकाहरू पनि खुसी छैनन्
सार्वजनिक यातायात प्रयोग गर्ने पनि खुसी छैनन्
विदेश गएकाहरू पनि खुसी छैनन्
स्वदेशमै हुनेहरू पनि खुसी छैनन्
किन यस्तो भएको होला लेख्नुहोस् त…”

यतिकैमा सुरु भयो यात्रा, भित्री मधेस हुँदै तराईका जिल्लाहरूमा, यहाँ ड्राइभिङ गर्दा अत्यन्तै होसियार हुनु पर्छ भन्ने कुरामा सजग नै थिएँ, त्यसमाथि मधेस प्रदेशका जिल्लामा पशु चौपायाहरू छाडा छोड्ने प्रचलन निर्लज्ज रूपमा छ । अझ राजमार्ग आसपासमा डरको कुनै प्रवाह नगरी छोडिदिने पशु चौपायाले र अर्को तर्फ राजमार्ग निर्माणको कार्य धीमा गतिमा भइरहेको, बाटोका खाल्डाखुल्डी र हिलो धुलोका कारणले समेत दुर्घटनाका घटनाहरू बढिरहेका छन् भन्ने खबर केही दिन अघि सम्म अनलाइन खबरहरूमा पढिरहेको थिएँ ।

यतिकैमा लहानको मिर्चैया भन्ने ठाउँमा पुगेँ । यहीँनेर निर्लज्ज रूपमा राजमार्गमा छोडिएको चौपायासँग मोटरसाइकल ठोक्किन पुग्यो तत्पश्चात् यसरी राजमार्गमा बजारिन पुगेँ की मानौँ अन्तरिक्षबाट कुनै ग्रह पृथ्वीमा ठोकिए जसरी । त्यहाँ भएका सवारी चालक साथीहरूले पशु चौपाया छाड्नेलाई गाली गरिरहेका थिए । उनीहरूले आफ्नो मातृभाषा प्रयोग गरेकाले सबै त मैले बुझ्न सकिन तर त्यहाँ प्रयोग भएका शब्दहरू गालीकै हुन् भन्ने अनुमान लगाउन सक्थेँ ।

यत्तिकैमा उठाएर नजिकैको मेडिकलमा लागे, चेकजाँच पछि डाक्टर शम्भु प्रसाद साहले घुँडा, खुट्टा, कम्मर र कुहिनामा चोट भएका कारण केही समय आराम गर्नु पर्ने सल्लाह दिए ।

राजमार्ग आसपासमा डरको कुनै प्रवाह नगर छोडिदिने पशु चौपायाले यस प्रकारका दुर्घटना दिनप्रतिदिन बढी रहेको छ । अर्कोतर्फ सडक निर्माणको कार्य धीमा गतिमा । बाटोका खाल्डाखुल्डी र हिलो धुलोका कारणले समेत दुर्घटनाका घटनाहरू बढिरहेका छन् । राजमार्ग खुल्ला हुनुपर्दछ, निर्दोष चौपाया राजमार्गमा छोड्ने दोषी प्राणीलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।

हलो सरकार ! यसरी निर्दोष पशु चौपाया राजमार्गमा जथाभाबी छोड्ने दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्दैन ? बिग्रिएको सडक(राजमार्गलाई) चाँडो मर्मत गर्न सम्बन्धित निकायले ध्यान दिनु पर्दैन?

यसो हुन सक्दैन भने बर्सेनि कर लिँदै, दुर्घटनाको दर कहिलेसम्म बढाउने सरकार ?

ShareTweetPin
Previous Post

षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार दाहाल र अधिकारीलाई

Next Post

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सभामुखको अनुमति चाहिने

Next Post
प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई प्रश्न गर्न सभामुखको अनुमति चाहिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.