रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले मेयर/उपमेयरसंग पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । मंगलबार नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगरभित्र भएका गतिविधिका बारेमा जानकारी लिनका साथै सुझाव संकलन गर्न कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा मेयर संकरलाल चौधरी र उपमेयर तारा थापाले आफुहरु निर्वाचित भएर आएपछि गरेका संक्षिप्त कार्यप्रगति उल्लेख गरेका छन् । यो आर्थिक बर्षमा पूजीगत खर्च बढाउने र विकाश निमार्णको कामलाई चाँडो सम्पन्न गर्नका लागि कामको प्र्रकृया सुरु भइसकेको प्रमुख प्रसासकिय अधिकृत कमल थापाले बताए ।
खासगरि हामीले सडक निर्माण तथा पूर्वाधारका काममा टेन्डर प्रकृया सकेर सम्झौताका कामहरु गरिरहेका छौं । यसबर्ष विगतको तुलनामा विकाशका कामहरु छिटो सम्पन्न हुन्छ भन्ने छ । उनले भने ।
नगरप्रमुख चौधरीले रामधुनीको विकासका लागि आफ्नो कार्यकाल महत्वपूर्ण रहने बताए । उनका अनुसार रामधुनी नगरको नाम नै रामधुनी मन्दीरबाटै भएको र त्यसको विकाशका लागि गुरुयोजनाका साथ अगाडि बढेको छ । रामधुनी मंदीरलाई पर्यटर्कीय गन्तव्यका रुपमा विकास गर्नका लागि डिपिआर निर्माणको काम पनि सम्पन्न भएको सो अबसरमा उल्ल्ेख गरिएको छ ।
नागरिकलाई जतिसक्दो चाँडो सेवा शुविधा पूर्याउनका लागि सर्व वडा र नगरपालिका जोड्ने सडक निर्माणलाई प्राथमिक्ताका साथ काम गरेको चौधरीले बताए । नगरपालिकाकी उपमेयर तारा थापाले रामधुनीको बजार व्यवस्थापनका लागि काम सुरु गरिसकेको बताइन् । बजाराई सौन्दर्य तथा स्वच्छ बनाउनका लागि अभियान नै संचालन गरेको उनको भनाई छ ।
कार्यक्रममा संचारकर्मीहरुले विकास निर्माणका कार्यमा भएको ढिलासुस्ति हट्नुपर्ने, नगरमा शिक्षा स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकाश गर्नुपर्नेमा जोड दिएका छन् ।

