रामधुनी । सुनसरीको रामधुनी १ स्थित झुम्कामा संचालित साई हस्पिटल प्रा.लिले एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शनिबार रामधुनी नगरपालिका र छिमेकी नगरपालिकाका बासिन्दाहरुलाई लक्षित गर्दै सिकिस्त विरामी भएको अवस्थामा मात्रै डाक्टरकोमा जाने चलनलाई तोड्न र नियमित स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न शिविरको आयोजना गरिएको हस्पिटल संञ्चालक दुर्गा फुयालले जानकारी दिए ।
शिविरमा निशुल्क ओपिडि सेवा, बालरोग, स्त्रीरोग, तथा जनरल फिजिसियनको सेवा निःशुल्क प्रदान गरेको थियो भने ल्याव सेवामा १५ प्रतिशत छुट दिइएको संचालक फुयालले बताए । शिविरमा आएका विरामीहरुलाई निःशुल्क सुगर जाँच गरिएको र करिव ३० हजार रुपैँया बराबरको औषधि समेत निःशुल्क वितरण गरिएको उनले जानकारी दिए ।
लामो समयदेखी झुम्कामा साइ मेडिकल संचालन गरेर सेवा दिईरहेको साइ हस्पिटल प्रा.लिले थप सेवाका साथ ६ महिना अघि अस्पताल संचालनमा ल्याएसँगै रामधुनी र आसपाका विरामीलाई स्वास्थ्य सेवा लिन अव विराटनगर, धरान जानु पर्ने बाध्यतालाई स्थानिय स्तरमै सेवा दिने उदेश्यका साथ हस्पिटल संचालनमा ल्याइएको संचालक फुयालले बताए ।
शिविरमा २ सय ८३ जानाले आफ्नो स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जनचेतना फैलाउने , सिरियस भएमात्रै डाक्टरकोमा जाने चलनराई रोेक्ने , धनी भन्दा पनि अति विपन्न वर्ग लाई मध्यनजर गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको संचालक फुयालले बताए । पैसा नहुनेहरुका लागि पैसा नभएको अवस्था निःशुल्क उपचार समेत गरेर पठाउने गरेको उनले बताए ।
जेनेरल मेडिसिन, गाइनोक्लोजिष्ट, साइकोलोजिक, अर्थोपेडिक , सर्जरी, रेडियोलोजिस्ट लगायतका सेवा साई हस्पिटलले दिँदै गरेको र अपरेसन थ्रियटर सहित २५ शैयाको वेडको समेत तयारी भइसकेको छ अव सिटि स्क्यान र एम.आर.आई लगायतका सेवाको समेत तयारी भइरहेको हस्पिटल संचालक दुर्गा फुयालले जानकारी दिए ।
हाल हस्पिटलमा ६ जना एम.वि.वि.एस डाक्टर, १३ जना स्पेशलिष्ट डाक्टर र ३ जना बरिष्ट स्पेशलिष्ट डाक्टरले सेवा दिइरका छन् । स्वास्थ्य सेवालाई गाउँ सम्म जोड्नका लागि महिला स्वास्थ्य सेविकाहरुलाई निशुल्क उपचार दिने गरेको र रोग बोकेर बसेका विरामीहरुलाई बेला बेलामा आयोजना हुने शिविरमा आएर उपचारको फाइदा लिन संचालक फुयालले आग्रह गरेका छन् ।
शिविरमा नवजात तथा बालरोग विशेषज्ञ डा. सितेन्द्र यादव, स्त्री तथा प्रशुती रोग विशेषज्ञ डा. तुलसी कुमार मेहता, र इन्टरनल मेडिसिन डा. दोजेन्द्र बस्नेत लगायतले स्वास्थ्य जाँच गरेका थिए ।

