नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण गर्दै प्रज्ञा

काठमाडौं । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने भएको छ ।

सिरिजको शुक्रबार काठमाडौमा मुहुर्त गरिएको छ । प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधवा खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ ।

सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीका संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको प्रोडक्सन र मदनकश्यप घिमिरेको छायांकन छ ।

प्रज्ञाले यसअघि ठूलो पर्दामा ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायतका फिल्म निर्माण गरेकी छन् ।
उनले यसअघि निर्माण गरेको टेलिसिरियल ‘सिन्दुर’ हिट टेलिसिरियलमा पर्दछ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.