बूढीगंगा जमुना मुक्तिघाटमा मलामीको चिर्पट प्रहारबाट शव जलाउने विनोदको मृत्यु

इटहरी । मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा इटहरीमा एक जनाको मृत्यु भएको छ ।

सोमबार इटहरी उपमहानगरपालिका–४ स्थित बूढीगंगा जमुना मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा घाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिए।

तामाङमाथि इटहरी ४ गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनील तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गरेका थिए ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका विनोद तामाङको उपचारको क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुई पक्षबीच भनाभन भएपछि घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न उमेशलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.