आज देशभर चैतेदशैं मनाइँदै

इटहरी। आज चैत्र शुक्ल अष्टमी नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाइँदैछ ।

आज बासन्ती नवरात्रको आठौं दिन देशभर चैतेदशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । हनुमानढोकामा आज बली दिएर पूजा गर्ने चलन रहेको।

काठमाडौंमा गुह्येश्वरी, भद्रकाली, नक्सालभगवती, शोभाभगवती, मैतीदेवी र दक्षिणकाली लगायत काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, गोरखाको मनकामना, बाँकेको बागेश्लवरी आदि शक्त्पिीठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

बासन्ती नवरात्रको नवमीको दिन त्रेता युगमा अयोध्यामा मर्यादा पुरुषेत्तम श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.