हत्या गरी फालिएको अवस्थामा एक किशोरीको शव फेला

धरान : धरानमा बुधबार दिउँसो हत्या गरी फालिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सीमा एक किशोरीको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला परेको हो ।

अन्दाजी १९ वर्षीया किशोरीको पहिचान खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गरी अनुसन्धान अगाडि बढाएको छ ।

शव पोस्टमार्टमको लागि वीपी प्रतिष्ठानको मर्चरी लगिएएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here