युवतिहरुको ग्याङ फाइटमा कुटपिट गर्ने तीनजना पक्राउ

सुनसरीको बराहक्षेत्रमा भएको युवतिहरुको ग्याङ फाइटमा कुटपिट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

असार २९ गते साँझ ५ बजेतिर भएको घटनामा बराहक्षेत्र १० की १९ वर्षीया प्रीति लिम्बू, बराहक्षेत्र ८ की १९ वर्षीया दुर्गा राई र सोही वडाकी २२ वर्षीया विनिता उराँवलाई पक्राउ गरिएको हो ।

जसमध्ये लिम्बूलाई सोही दिन र राई र उराँवलाई मंगलबार इटहरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी राजकुमार राईले जानकारी दिए ।

अझै दुईजना फरार रहेकाले उनीहरूको पनि खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिट गर्ने समूहका १९ वर्षीया सञ्जिता राई र निहाङ राईको खोजी भइरहेको छ ।

उनीहरूको समूहले आफ्नो ब्वाइफ्रेन्डसँग बोलेको भन्दै बराहक्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नवीना विश्वकर्मा र १९ वर्षीया मनीषा राईलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.