गढीमा वडाअध्यक्ष र सचिबले अनिमियता गरेको आरोप

इनरुवा। सुनसरीको गढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टुनालाल चौधरी र वडा सचिब सत्रुघन श्रेष्ठले लाखौं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

https://youtu.be/V3-sHM3AN3E

मंगलबार वडा सदस्य ललती चौधरीले गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष टुनालाल चौधरी र वडा सचिब सत्रुघन श्रेष्ठले लाखौं रुपैयाँ हिनामिना गरेको भन्दै तत्काल छानमिन गरी कार्वाहीको मग गर्दै गढी गाउँपालिकामा निवेदन दिएकी हुन् ।

वडा नम्बर ३ मा चालु आर्थिक वर्ष ०७७र०७८ को बजेटको बारेमा चित्त बुझाउन नसकेको भन्दै गाउँपालिकाको दर्ता चलानी किताबमा मंगलवार निवेदन दर्ता गरेको उनले बताईन् ।

कोरोना भाइरस सम्बन्धि कार्यक्रम, प्रजनन स्वास्थ्य कार्यक्रम, पशु अवस्था औषधी खरिद, पशु स्वास्थ्य शिविर संचालन कार्यक्रम, सरसफाइ कार्यक्रम, विभिन्न चाडपर्व कार्यक्रम खर्च, योजना अनुगमन तथा सुपरिवेक्षण, लगायतका बजेटको शिर्षकबाट कार्यक्रम नगरि लाखौं रुपैयाँ हिनामिना गरेको वडा सदस्य चौधरीले बताईन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय मर्मत खर्च, अपाङ्गता भवन मर्मत संभार, राजाजी मन्दिर निर्माण वडा कार्यालय भवन मर्मत तथा बिजुलि व्यवस्थापन सुकुम्बासी बस्ती व्यवस्थापन लगायतका निर्माण कार्य नगरि लाखौं रुपैयाँ हिनामिना गरेको वडा सदस्य चौधरीले बताईन् ।No description available.

वडामा विभिन्न भत्केको बिग्रेको बाटो मर्मतका बजेट समेत मर्मत कार्य नगरि हिनामिना गरेको भन्दै अहिले वर्षाका काराण वडाका सडकहरु हिलाम्मे हुँदा आवातजावतमा कठिनाई हुने गरेको, बाटोमा खाल्डाखुल्डी भएकोले खुट्टा घुढा सम्म जमिन मुनि जाने गरेकोले स्थानीयवासीलाई आवतजावत गर्न समस्या परेको उलने बताईन् ।

उक्त शिर्षकहरुको बजेट कहाँ , कसरी, कुन ठाँउमा खर्च भयो भन्ने जानकारी माग्दा हिसाब नदिएको भन्दै वडा अध्यक्ष तथा वडा सचिबलाई नेपाल सरकारको नियम बमोजिम कानुनी कार्वाहीको माग गरेकी छिन् ।

गरिब निमुखा जनताहरुको निम्ति गाउँपालिकाले हरेक वडामा ईन्टरनेट जडान गरेतापनि अनलाइन सेवा जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता तथा बसाइँसराइको फर्म वडाको मातहतमा भएतापनि वडा सचीब , वडा अध्यक्ष कामचोर भइ अरुको पसलमा फारम भर्न पठाइ निमुखा जनता सँग यस वडाको जनप्रतिनिधि तथा वडा सचिबले रगत चुसेझै दोहोरो पैसा लिईने गरेको सदस्य चौधरीले बताइन् ।

यस वडामा वडा अध्यक्ष तथा वडा सचिवले भष्टाचार गरेर जनतालाई दुख दिने कामले आफु लगायत वडाको जनप्रतिनिधि पनि भन्न लज्जास्पद रहेको वडा सदस्य चौधरीको भनाइ छ ।

स्थानीय युवाहरुले आक्रोश पोख्दै भने, गाउँपालिका तथा वडामा बढ्दो भ्रष्टाचारलाई सरोकारवालाहरुले न्यूनीकरण गरेन भने वडा तथा गाउँपालिकामा भइरहेको भ्रष्टाचार विरुद्धको आन्दोलन गर्ने चेतावनी दिए।

गढी गाउँपालिकाको सबै वडामा यस्तै घटनाहरु भएको प्रशस्त छ । घटनाको सत्यतथ्य छानबिन गरियोस, गढि गाउँपालिकाले कुनैपनि कारण नदेखाई अविलम्ब, छ वटै वडाहरूले गरेको कामको अनुगमन गरी गल्ती गर्ने जो कोहीलाई कार्वाहीको दायरामा ल्याउनु पर्छ । यदि गढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ले यस्तो कार्य गर्न सक्दैन भने जनताले स्वयं हिसाबकिताब गर्नेछन् र युवाहरूको भ्रष्टाचारविरुद्धको एकता ले नयाँ रुप लिने स्थानीय युवाहरुले बताए ।

वडा अध्यक्ष टुनालाल चौधरीले आफुले कुनै पनि अनिमियता नगरेको भन्दै आफु पुर्ण रुपमा सक्रिय भएर कार्यक्रम गर्दै आएको , वडामा विकासको निम्ति विकास निर्माण कार्य गर्दै आएको प्रतिक्रिया दिएका छन् ।

वडा सचिब सत्रुघन श्रेष्ठले आफुहरुहरु माथी लगाएको आरोप झुठो रहेको भन्दै आफुहरु विभिन्न किसिमको कार्यक्रमहरु गरेको प्रमाण सहित राखेको प्रतिक्रिया दिएका छन् ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.