रक्तमाला स्कुललाई प्रसाई, ढुंगाना र खड्काको कम्प्युटर सहयोग

सुनसरी । समाजको बिभिन्न क्षेत्रमा सक्रिय इटहरीका तीन जना समाजिक अगुवाहरुले इटहरी ५ को रक्तमाला आधारभूत बिद्यालयलाई ३ थान कम्प्युटर निशुल्क सहयोग गरेका छन ।

नेपाल उद्योग बाणिज्य माहासंघका केन्द्रिय सदस्य रोहित प्रसाई, नेबिसंघका केन्द्रिय सभापति राजीव ढुंगाना र इञ्जिनियर भविन खड्काले ८५ हजार मुल्य बराबरको कम्प्युटर बिद्यालयलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा नेबिसंघका केन्द्रिय सभापति ढुंगानाले कोरोना भाइरस संक्रमणका कारण आक्रान्त बनेको शिक्षा क्षेत्रलाई प्रबिधि मार्फत सिकाइ प्रदान गर्न केही सहयोग पुगोस भन्ने उदेश्वको साथ कम्प्युटर निशुल्क सहयोग गरेको बताए ।

उद्योग बाणिज्य माहासंघका केन्द्रिय सदस्य रोहित प्रसाईले सात महिनादेखी ठप्प रहेको शिक्षाक्षेत्रलाइ सरकारले हेर्ने अहिलेको अवस्था प्रभावकारी नभएकाले आफूहरुले सानो सहयोग गरेको बताए । आगामी दिनमा पनि बिद्यालयको आवश्यकतालाइ हेरेर सहयोग जारी राख्ने प्रसाइले बताए ।

इञ्जिनियर भविन खड्काले सरकारी बिद्यालयमा बिद्यार्थीले कम्प्युटर देख्न पनि नपाउने बिद्यमान अवस्थामा सिकाइमा केही राहत होस भनेर सहयोग गरेको बताए । इटहरी नगरक्षेत्रका सरकारी बिद्यालयहरुलाई बिगत देखी नै बिभिन्न सहयोग गर्दै आएको र सो सहयोग आगामी दिनमा पनि जारी राख्ने खड्काको भनाई थियो ।

बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष जीतमान लिम्बुले बिद्यालयको आवश्यकतालाइ मध्यनजर गर्दै सहयोग गरेको भन्दै यसले बिद्यालयको शैक्षिक स्तरमा सुधार हुने बताए ।

कार्यक्रममा नबिसंघका पूर्व केन्द्रिय उपाध्यक्ष बिकास केसी, उद्योग बाणिज्य संघ इटहरीका महासचिव पिताम्बर पोखरेल, बिद्यालय ब्यवस्थापन समितीका सदस्य बुद्धहांग लिम्बु, दिपेन्द्र पोखरेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here