काठमाडौं । मंगलबार दिनभरको तनाव कम नभएपछि नेपाली सेनाले लुटपाट, आगजनी लगायतका गतिविधि तत्काल रोक्न अपिल गरेको छ।
सूचना जारी गर्दै सेनाले चेतावनी दिएको छ कि यदि यस्ता कार्य रोकिने छैनन् भने राति १० बजेदेखि नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायहरू परिचालन गरिनेछन्।
सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा उल्लेख भएअनुसार, “अस्वाभाविक अवस्थाको गलत लाभ उठाउँदै केही समूहहरूले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा गम्भीर क्षति पुर्याइरहेका छन्।” यस्तो अवस्थामा नियन्त्रणका लागि राष्ट्रका सबै नागरिकलाई सहयोग गर्न आह्वान गरिएको छ।
विज्ञप्तिमा थप भनिएको छ, “पछिल्लो सुरक्षास्थितिको पुनर्मूल्यांकनपछि आवश्यकतानुसार अर्को सूचना जारी गरिनेछ।”

















