इटहरी,। सुन्सरी मोबाइल व्यवसायी सङ्घको आयोजनामा इटहरीमा भदौ ५ गते सम्पन्न मोबाइल व्यवसायीहरुको मैत्रीपूर्ण फुडसल प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। बिहिबार विभिन्न स्थानका मोबाइल व्यवसायीहरुको ११ टोली सहभागी भएको प्रतियोगितामा धरान मोबाइल व्यवसायी सङ्घले उपाधि हात पारेको छ ।
प्रतियोगितामा धरान, खनार, चितवन, सङ्खुवासभा, विराटनगर, बिर्तामोड, पथरी, बेलबारी, इटहरी ‘ए’, इटहरी ‘बी’ र गाइघाटका टोलीहरु सहभागी भएका थिए। फाइनल खेलमा चितवन मोबाइल व्यवसायी सङ्घलाई पराजित गर्दै धरान मोबाइल व्यवसायी सङ्घ प्रथम बन्न सफल भएको हो।
प्रतियोगितालाई सफल बनाउन मुख्य प्रायोजकका रूपमा अरुण इलेक्ट्रोनिक्स र युनाइटेड डिगिटेक सोलुसन प्रा।लि रहेका थिए। यस्तै सहप्रायोजक तथा सहयोगी संस्थाहरूमध्ये अलटेक, आरएमसी, युनिटी मोबाइल विराटनगर, मोबाइल प्लानेट इटहरी, सहारा मोबाइल, सम्रगी इम्पेक्स, सत्कार इलेक्ट्रोनिक्स, एमटी मोबाइल, पुष्पाञ्जली मोबाइल सेन्टर इटहरी, शिवशक्ति इनफोटेक, पशुपति टिभी सेन्टर र आरडी मोबाइल रहेका थिए।
सङ्घले आगामी दिनमा यस किसिमका मैत्रीपूर्ण प्रतियोगिता अझै व्यवस्थित र भव्य रूपमा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


















