नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ’साम्बा प्याक’ सार्वजनिक गरेको छ ।
नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको छ ।
साम्बा प्याकअन्तर्गत ५० एमबिपिएस, १०० एमबिपिएस, २०० एमबिपिएस र ३०० एमबिपिएस इन्टरनेट योजना उपलब्ध छन् ।
विशेष रूपमा १०० एमबिपिएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन् । १०० एमबिपिएस को मूल्य ८ हजार पाँच सय (कर सहित) बाट सुरू हुनेछ ।