रामधुनी । सुनसरीको रामधुनीमा रहेको स्ट्यान्डर्ड सेकेन्डरी बोडिङ स्कुलको बार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । २०८० सालको बार्षिक परीक्षामा नर्सरीदेखि नौ सम्मका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको हो ।
नर्सरीदेखि नौ सम्मका १२ कक्षाका २४ सेक्सनका जम्मा ७२ जना विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन राउतले जानकारी दिए ।
कार्यक्रममा साप्ताहिक अतिरिक्त क्रियाकलाप हुने गरेकोमा हाजिरीजवाफ, वादविवाद, बक्तृत्वकला, चित्रकला, हिज्जे प्रतियोगिता, हस्तलेखनकला र वर्ड फर्मेसन लगायतका खेलमा थप ७२ जना छात्रछात्रले प्रमाणपत्र तथा मेडल प्राप्त गरेको विद्यालयका सञ्चालक नीरज कोइरालाले बताए ।
खेलले विद्यार्थीलाई पढाइमा ऊर्जा प्रदान गर्ने, पुरस्कारले आत्मवल विकास हुने भएकोले हरेक हप्ता अतिरिक्त क्रियाकलाप राख्ने गरेको विद्यालयका प्रधानाध्यापक गणेश कोइराला बताउँछन् ।
कार्यक्रममा स्काउट, रेडक्रस सर्कल, बालक्लवका पदाधिकारी लगायत ६ सय बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।