इटहरी । स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इटहरीले आयोजना गरेको स्ववियू तालिम सप्ताहको मङ्गलवार समापन भएको छ । शिक्षण सिकाइका अतिरिक्त विद्यार्थीहरूलाई व्यवहारिक तथा प्रयोगात्मक ज्ञानको वृद्धिका लागि स्ववियूले तालिम सप्ताहको आयोजना गरेको जनता बहुमुखी क्याम्पस स्ववियू सभापति सहदेव काफ्लेले बताए ।
गत फागुन ६ गते देखी सुरु भएको सप्ताहव्यापी कार्यक्रममा विभिन्न विधाका तालिम प्रदान गरिएको छ । जसमा लेखा सम्बन्धी तालिम, सेयर बजार, सकारात्मक सोच अभिवृद्धि र उद्घोषण तथा भाषणकला विधाको तालिम प्रदान गरिएको हो ।
तालिममा नयाँ कुरा सिक्न चाहने विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको स्ववियूले जनाएको छ ।