इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले इटहरी सेवा केन्द्रमा युवा क्लबको गठन गरेको छ । सोमबार १८ देखि ४० वर्ष उमेर समूहका सदस्यहरूलाई साकोसका सामाजिक कार्यक्रम तथा गतिविधिहरूमा सक्रिय बनाउने उद्देश्यले क्लबको गठन गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले जानकारी दिए ।क्लबको अध्यक्षमा सुभाष भुजेल चयन भएका छन् भने उपाध्यक्षमा ईश्वरबहादुर बानियाँ र सचिवमा रुकेश दाहाल सदस्यहरूमा श्रवणकुमार श्रेष्ठ, रमिला पौडेल, मनिषा ठाकुर, हिरामणि तामाङ, तेन्जिङ तामाङ र विवेक दाहाल चयन भएका छन् ।
क्लबको गठनले युवा वर्गलाई साकोसका सामाजिक कार्यमा सहभागी गराउने र उनीहरूको सामाजिक जागरूकता र समृद्धि तर्फको यात्रा सुरु गर्ने आशा गरिएको बस्नेतले बताए । युवा क्लबका कार्यक्रमहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने र नयाँ दिशा दिन सहयोग पुर्याउने सहकारी अपेक्षा समेत लिएको छ ।