इटहरी । कोशी प्रदेशका आन्तरिक ममिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले आफ्नो सचिवालयमा अति सिमान्तकृत समुदायकी छात्रालाइ नियुक्ति दिलाएका छन् ।
इटहरी १७ निवासी कविता मुसहर (ऋषिदेव) कानुन मन्त्रीको सचिवालयमा सुचना प्रविधि सहायक पदमा नियुक्त भएकी हुन् ।
जातीय हिसाबले पिछडीएको वर्गको प्रतिनिधीत्व होस भन्ने हेतुले सचिवालयमा नियुक्त गरेको मन्त्री भण्डारीले बताए ।
ब्राइट भिजन ल क्याम्पस मा बिएएलएलबि अध्यनरत कविता सरस्वती जब्दी माध्यमिक बिद्यालयबाट एसइइ उतिर्णका साथै साथै राष्ट्रिय मा.वि. बाट + २ उतिर्ण भएकी छिन् ।