इटहरी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनतामा आशा जगाउने गरी समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरी शाखाको पदस्थापन कार्यक्रमलाई धरानमा सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
देशको परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका अग्रणी रहेको चर्चा गर्दै नेता कोइरालाले जनतामा आशा लगाउन पनि भूमिका खेल्नुपर्ने बताए का कोइरालाको प्रविधिको विकाससँगै पत्रकारहरूले पनि आफूलाई परिमार्जित गर्ने लानुपर्नेमा जोड थियो ।
उनले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकारबाट जनताले धेरै आशा गरेको र सरकारलाई असफल हुने छुट नभएको उल्लेख समेत गरेका छन् । २०८४ सम्मै सरकार टिक्ने दाबी गरेका कोइरालाको भनाई आगामी निर्वाचनमा दुवै दलबीच प्रतिस्पर्धा हुने थियो ।
उनले भने, ‘कांग्रेसको प्रतिस्पर्धा एमालेसँगै हुन्छ र एमालेको पनि प्रतिस्पर्धा कांग्रेससँगै हुन्छ । सरकार सञ्चालन गर्नु र चुनावमा प्रतिस्पर्धा गर्नु फरक विषय हो ।’