बुटवल । सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी बयानका लागि गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीलाई सोमबार बुटवल ल्याइएको छ । अनुसन्धानकै क्रममा पोखरा प्रहरी हिरासतमा रहेका जोशीलाई सोमबार जहाजमार्फत पोखराबाट बुटवल ल्याएको हो ।
रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालका अनुसार जोशीलाई सोमबार नै सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ । तर, बयान मंगलबारबाट हुनेछ ।
संसदीय समितिको कारवाही सिफारिस पछि जोशीलाई पक्राउ गरेर पोखरा लागिएको थियो । जोशीलाई गत असोज ७ गते नै पक्राउ गरिएको थियो ।