No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भारत र चीनबीच सीमाक्षेत्रमा जारी तनाव अन्त्य गर्ने सहमति

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ६, २०८१
in अन्तर्राष्ट्रिय, समाचार
0
भारत र चीनबीच सीमाक्षेत्रमा जारी तनाव अन्त्य गर्ने सहमति
Share on FacebookShare on Twitter

भारत र चीनबीच सीमाक्षेत्रमा जारी तनाव अन्त्य गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीले विवादित सीमाक्षेत्रमा तनाव अन्त्यका लागि गस्तीको व्यवस्था गर्न दुई देशबीच सहमति भएको जनाएका छन् ।

मिश्रीका अनुसार दुवै पक्ष सन् २०२० देखि जारी तनाव अन्त्य गर्न र मुद्दाहरूको समाधान गर्न सहमत भएका हुन् । चार वर्षअघि गलवान उपत्यकामा भएको झडपपछि दुई छिमेकीबीचको सम्बन्धमा तिक्तता आएको थियो । सन् १९७५ पछिकै घातक भिडन्तमा दुवै देशका सैनिकले ज्यान गुमाएका थिए ।

भारत–चीनबीच सीमा क्षेत्रहरूमा एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल )मा गस्ती प्रबन्धका विषयमा सम्झौता भएको छ । यसले चार वर्षदेखिको तनाव अन्त्य गर्न तथा अन्य मुद्दाहरूको समाधान गरेको छ,’ मिश्रीले भनेका छन् । तर उनले सहमतिबारे विस्तृत विवरण नदिएको बीबीसीले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालगायत ब्रिक्स राष्ट्रहरूको बैठकमा भाग लिन रुस जानुभन्दा ठीक एक दिनअघि दुई देशबीच सहमति भएको हो ।

मिस्रीले मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको द्विपक्षीय बैठकमा सीमा समस्याबारेका एजेन्डा भएरनभएको भने प्रष्ट पारेनन् । मिश्रीको सोमबारको भनाइले गलवान झडपपछि दुई आणविक हतियार सम्पन्न राष्ट्रहरूबीचको ठूलो सफलतालाई संकेत गरेको छ ।

चार वर्षअघि गलवान उपत्यकामा तैनाथ सैनिकहरूले मुक्का र लठ्ठीले लडाइँ लडेका थिए । भारत र चीनबीच १९९६ मा सीमानजिक बन्दुक र विस्फोटक पदार्थको प्रयोगलाई निषेध गर्ने सम्झौता भएको थियो । त्यसयता दुई देशबीच विभिन्न चरणमा कूटनीतिक र सैन्य वार्ताहरू भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन् ।

दुई देशका सेनाबीच सन् २०२१ मा उत्तरी सिक्किम क्षेत्रमा र २०२२ मा सीमाको तवाङ सेक्टरमा पनि भिडन्त भएको थियो । सीमा तनावले भारत–चीन सम्बन्धमा दशकौंदेखि लामो छायाँ परेको छ । दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो, जसमा भारतले ठूलो हार बेहोरेको थियो । दुई देशबीचको व्यापारिक सम्बन्ध पनि तनावका कारण निकै प्रभावित भएको छ ।

 

ShareTweetPin
Previous Post

प्रधानमन्त्री ओलीलाई विपक्षी दलहरूले बुझाए ज्ञापनपत्र

Next Post

रास्वपामा म एक्लै छु, भिँड लामिछाने क्लवका सदस्यहरुको हो( डा. मुकुल ढकाल )

Next Post
रास्वपामा म एक्लै छु,  भिँड लामिछाने क्लवका सदस्यहरुको हो( डा. मुकुल ढकाल )

रास्वपामा म एक्लै छु, भिँड लामिछाने क्लवका सदस्यहरुको हो( डा. मुकुल ढकाल )

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.