इटहरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर डेंगु संक्रमितको संख्या ११ हजार पाँच सय ४५ पुगेको छ । हुम्लाबाहेक देशभरका सबै जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणमा उल्लेख गरिएको छ ।
हालसम्म डेंगु रोगको संक्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ । डेंगुको संक्रमणदर केही दिन अझै यसरी नै बढ्दै जाँदा यस पटकको दशैँमा डेंगु संक्रमण भयावह रूपम फैलने सम्भावना देखिएको छ ।
जसले गर्दा लामो यात्रा गर्दा, घरगाउँ फर्कंदा लामखुट्टेको टोकाइबाट बँच्ने उपाय अपनाउन चिकित्सकहरूको सुझाव छ ।