No Result
View All Result
Sunday, May 18, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बिपीको १११ औँ जन्मजयन्ती मनाइँदै

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २४, २०८१
in मुख्य समाचार, राष्ट्रिय, समाचार, हेडलाइन
0
बिपीको १११ औँ जन्मजयन्ती मनाइँदै
Share on FacebookShare on Twitter

नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको आज १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना तथा पुनःस्थापनाका लागि उहाँले कोइराला निकै संघर्ष गर्नु भएको थियो ।

राणा शासनको समयमा कोइराला आफ्ना बुबा कृष्णप्रसाद कोइराला र परिवारसहित भारत निर्वासनमा बस्नु परेको थियो । त्यसबेला बिपीले पनि भारतको स्वतन्त्रताको लडाइँमा भाग लिनु भएको थियो । भारत स्वतन्त्र भएपछि नेपालमा पनि प्रजातन्त्र स्थापनाका गर्न सहज हुने भन्दै त्यहाँको आन्दोलनमा सक्रिय हुनु भएको थियो ।

विसं २००३ मा भारत निर्वासनका क्रममा जहानियाँ राणा शासन अन्त्य गर्न कोइरालाको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भयो । २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भएको हो ।

२००७ सालमा क्रान्ति ल्याउन सफल भएपछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो ।

कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापना गर्न नेतृत्व प्रदान गर्नुका साथै प्रधानमन्त्री हुँदा भूमिसुधार कार्यक्रम लागू गराउनु भएको थियो ।

विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार हटाएर कोइरालालगायतका नेताहरुलाई सिंहदरबारमा बन्दी बनाइयो । यसको एक महिनापछि नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा सारियो ।

विसं २०२५ मा जेल मुक्त भएपछि कोइरालाले भारतमा आठ वर्षसम्म निर्वासित जीवन बिताउनु भएको थियो । पछि २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर उहाँ स्वदेश फर्किनु भएको हो । विसं २०३९ साउन ६ गते बिपी कोइरालाको क्यान्सर रोगका कारण निधन भएको थियो ।

साहित्यमा पनि बिपी कोइरालाले महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रुपमा चिनने कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

ShareTweetPin
Previous Post

आफ्नो ध्यान पार्टी निर्माणमा : प्रचण्ड

Next Post

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन सुरु, अनशनमा प्रहरी हस्तक्षेप

Next Post
पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन सुरु, अनशनमा प्रहरी हस्तक्षेप

पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन सुरु, अनशनमा प्रहरी हस्तक्षेप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.