No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सरकारलाई ४८ घण्टाको समय दिँदै केदार कार्कीले गरे अनसन बस्ने उद्घोष

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २३, २०८१
in प्रदेश, समाचार, समाज, स्थानीय, हेडलाइन
0
सरकारलाई ४८ घण्टाको समय दिँदै केदार कार्कीले गरे अनसन बस्ने उद्घोष
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई ४८ घण्टे स्मरण पत्र पठाउँदै अनसन बस्ने उद्घोष गरेका छन् । आफ्नो नेतृत्वको सरकारको पालामा भएका जनहितकारी एवम् समाजवादी कार्यक्रमलाई निर्ममताका साथ कटौती गरिएको भन्दै तिनिहरुको निरन्तरताको मागका साथ कार्कीले अनसन बस्न लागेको बताएका छन् ।

के के छन् केदार कार्कीले माग गरेका कुरा ?
१) दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम ।
२) बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति ।
३) शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन ।
४) महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता ।
५) घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम ।
६) सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रम ।
७) कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति ।
८) डाक्टर, इन्जिनियर लगायत बिभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति ।
९) जनावरमैत्री जंगल ।

कार्की मुख्यमन्त्री रहँदा कोशी प्रदेशका १० वर्ष भन्दा मूनिका वालबालिकाको निःशुल्क उपचारको व्यवस्था गराएका थिए । स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेका कार्कीले विराटनगरमा काठमाण्डौ वाहिरकै पहिलो हृदयरोग उपचार केन्द्र स्थापनाका साथै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विषेश सुविधको व्यवस्था गराएका थिए । यस्तै इटहरीमा आगलागिबाट जलन भएकाहरुलाई विषेश सुविधासहितको जलन अस्पताल निर्माणका लागि सम्झौता समेत गराइसकेका थिए ।

केशलिया कोरिडोर निर्माण, विपन्नलाई उच्च शिक्षाका लागि छात्रबृत्रि, जनावरमैत्री जंगल अभियान, सुकुम्बासीलाई जग्गा खरिदमा व्याज अनुदान लगायतका महत्वकांक्षी योजनालाई अघि सारेका थिए । तर वर्तमान सरकारले यस्ता जनमुखी कार्यक्रम काटेको भन्दै कार्की प्रतिवादमा उत्रिएका हुन् । उनले गत भदौ १४ गते बसेको प्रदेशसभाको बैठकमा विषय समय लिएर बोल्दै नेतृत्वले गरेको अपराधको भागिदार आफूहरु हुन नसक्ने बताएका थिए ।

उनले आफ्नो पालामा ल्याएका लोकप्रिय कार्यक्रमहरुको कार्यान्वयन नगरिए अनसन बस्ने सम्मको चेतावनी दिएका थिए । उनले त्यसवेला भनेका थिए, ‘मुख्यमन्त्रीसंग भेट त्यो दोबाटोमा पनि हुन सक्छ ।’ उनले मुख्यमन्त्रीले बजेट सच्याउने प्रतिवद्धता सर्वदलिय बैठकमा समेत गरेकाले अझै पनि सरकार सुनेको नसुन्यै भएको भएकाले अनसन बस्न लागेको कार्कीले उल्लेख गरेका छन् । ‘मैले यसका विरूद्धमा प्रदेश सभामा पटक–पटक आवाज उठाएको छु । साथै विज्ञप्ति, वक्तव्य र अन्य माध्यमबाट पनि उपरोक्त कार्यक्रमलाई पुनः सञ्चालन गरिनुपर्छ भन्दै दबाब दिइरहेको छु । म प्रदेश सरकारले उपरोक्त कार्यक्रमलाई पुनःसञ्चालन गर्न ४८ घण्टाभित्र निर्णय गरोस् भनी यसै स्मरणपत्रमार्फत अल्टिमेटमका साथ आग्रह गर्दछु ।’

के छ मुख्यमन्त्रीलाई स्मरण गराएको पत्रमा

CM smhttps://falaichanews.com/wp-content/uploads/2024/09/CM-smaran.pdf

 

ShareTweetPin
Previous Post

कोशीमा कार्कीद्धवयको द्वन्द के हो ?

Next Post

आफ्नो ध्यान पार्टी निर्माणमा : प्रचण्ड

Next Post
फुट्यो सत्ता गठबन्धन, एमाले सहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

आफ्नो ध्यान पार्टी निर्माणमा : प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.