No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कोशीमा कार्कीद्धवयको द्वन्द के हो ?

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १९, २०८१
in प्रदेश, समाचार, समाज, स्थानीय, हेडलाइन
0
कोशीमा कार्कीद्धवयको द्वन्द के हो ?
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको सचिवालयले सरकारले लोकप्रिय कार्यक्रम काटेर झुटको खेतीतर्फ लागेको आरोप लगाएको छ । स्वकीय सचिव दिवश राजवंशीले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा मन्त्रालयलाई दुरुपयोग गर्दै, कागजका टुक्राले लाज छोप्ने प्रयास भइरहेको स्पष्ट देखिएको उल्लेख गरिएको छ ।

‘मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयंसेविका र शैलजा आचार्य हृदय रोग केन्द्रका लागि बजेट व्यवस्थापन गरी ती कार्यक्रमलाई प्रादेशिक अस्पतालबाट निरन्तरता दिएको भनी झुटो स्पष्टीकरण दिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस स्पष्टीकरणले जनतामा भ्रम छरेको छ र गर्दै नगरेको कार्य गर्दै आएको भन्ने असत्य जानकारी प्रवाहित गरेर सरकार आफैँ झठफरेवको जगमा उभिएको छ भन्ने प्रस्ट भएको छ । योभन्दा ठुलो विडम्बना के हुनसक्छ ?’

सरकार सर्वहारा र समाजवादका नामको जनविरोधी, झुटो र भ्रामक सिद्ध भइरहेको आरोप लगाइएको छ । सचिवालय भन्छ, ‘वर्तमान मुख्यमन्त्रीज्यू अनियमिततामा कतिसम्म लिप्त हुनुहुन्छ भन्ने कुरा त उहाँले अघिल्लो वर्ष कडा रोग सहायता कार्यक्रमअन्तर्गतको ५ करोड रुपैयाँको बजेट एक महिनामा नै आफ्ना नेता, कार्यकर्ता र नाता–सम्बन्धका व्यक्तिलाई पजनी गर्नुभएको तथ्यबाट स्पष्ट हुन्छ ।’

के हो कार्की र सरकारबिचको विवाद

कार्की मुख्यमन्त्री रहँदा कोशी प्रदेशका १० वर्ष भन्दा मूनिका वालबालिकाको निःशुल्क उपचारको व्यवस्था गराएका थिए । स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेका कार्कीले विराटनगरमा काठमाण्डौ वाहिरकै पहिलो हृदयरोग उपचार केन्द्र स्थापनाका साथै महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विषेश सुविधको व्यवस्था गराएका थिए । यस्तै इटहरीमा आगलागिबाट जलन भएकाहरुलाई विषेश सुविधासहितको जलन अस्पताल निर्माणका लागि सम्झौता समेत गराइसकेका थिए ।

केशलिया कोरिडोर निर्माण, विपन्नलाई उच्च शिक्षाका लागि छात्रबृत्रि, जनावरमैत्री जंगल अभियान, सुकुम्बासीलाई जग्गा खरिदमा व्याज अनुदान लगायतका महत्वकांक्षी योजनालाई अघि सारेका थिए । तर वर्तमान सरकारले यस्ता जनमुखी कार्यक्रम काटेको भन्दै कार्की प्रतिवादमा उत्रिएका हुन् । उनले गत भदौ १४ गते बसेको प्रदेशसभाको बैठकमा विषय समय लिएर बोल्दै नेतृत्वले गरेको अपराधको भागिदार आफूहरु हुन नसक्ने बताएका थिए ।

उनले आफ्नो पालामा ल्याएका लोकप्रिय कार्यक्रमहरुको कार्यान्वयन नगरिए अनसन बस्ने सम्मको चेतावनी दिएका थिए । उनले भने, ‘मुख्यमन्त्रीसंग भेट त्यो दोबाटोमा पनि हुन सक्छ ।’

मुख्यमन्त्रीको स्टाटस, ‘बुझेर बोल्ने गरे पछुताउनु पर्दैन’
यता वर्तमान सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वमुख्यमन्त्री केदार कार्की लक्षित गर्दै स्टाटस सामाजिक संजालमै लेखेका छन् । ‘मान्छेहरु, सायद बुझेर मात्रै बोल्ने गरे भने बोली सकेपछि पछुताउनु पर्दैन होला । मान्छेहरु, सायद आफूले बोलेको कुरा र गरेको कामको जिम्मा लिने मात्रै हो भने पनि त्यति धेरै मानसिक छट्पटी हुँदैन होला ।

सायद धरातलसहितका मान्छेहरू कमजोर अझिव्यक्ति, कुण्ठा र आत्रोश ब्यक्त गर्दैनन् होला । बुझेर बोल्ने, बोलेको कुरा र कामको जिम्मा लिने अनि कमजोर अझिव्यक्ति नगर्ने, कुण्ठा र आत्रोशपूर्ण अभिव्यक्ति नदिने मान्छेहरु सायद डिप्रेसनको सिकार पनि हुँदैनन् होला ।’ उनको स्टाटसमा लेखिएको छ ।

उनको सचिवालय पनि पूर्व मुख्यमन्त्री पद गएपछि छटपटीमा रहेको भन्ने गरेको छ ।

ShareTweetPin
Previous Post

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली

Next Post

सरकारलाई ४८ घण्टाको समय दिँदै केदार कार्कीले गरे अनसन बस्ने उद्घोष

Next Post
सरकारलाई ४८ घण्टाको समय दिँदै केदार कार्कीले गरे अनसन बस्ने उद्घोष

सरकारलाई ४८ घण्टाको समय दिँदै केदार कार्कीले गरे अनसन बस्ने उद्घोष

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.