नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आइतबार बस्दैछ । पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे बस्ने केन्द्रिय समितिको बैठकले यसअघि महासमिति बैठकमा प्रस्तुत भएका सबै प्रस्तावलाई सर्वसम्मत पारित गर्ने बताईएको छ ।
केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन आजै दिउँसो १ बजे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्नेछ । गत माघमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो ।
तर केन्द्रिय समितिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि विवाद भएपछि बैठक रोकिएको थियो । हिजो बसेको शीर्ष नेताहरुको बैठकले महामन्त्रीद्वय थापा र शर्माको प्रतिवेदनमाथि सहमति जुटाएको बताईएको छ ।