No Result
View All Result
Thursday, May 15, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

ममता काफ्ले घटनाको नालीबेली, कहिले होला अन्तिम फैसला

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १४, २०८१
in मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाइन
0
ममता काफ्ले घटनाको नालीबेली, कहिले होला अन्तिम फैसला
Share on FacebookShare on Twitter

काभ्रेको पनौती घर भएकी ममता काफ्लेको सामाजिक सञ्जाल मार्फत नरेश भट्टसँग चिनजान भएको थियो चिनजान भएको केही समयमा सामाजिक सञ्जालबाटै दुईबिच प्रेम सम्बन्ध बढ्यो । परिवारको सहमतिमै २०७७ साल मङ्सिर २५ मा नरेश र ममताको विवाह भयो । विवाह भएको आठ महिनापछि ममता रङ्गिन सपनाहरू बोकेर आफ्ना श्रीमान् नरेश भट्टसँगै २०७८ साल साउन १० गते अमेरिका उडेकी थिइन् ।

अमेरिकाको र्भजीनिया राज्यको मनासस पार्कबाट विगत ३० दिनदेखि हराइरहेकी ममता काफ्लेको श्रीमान् नरेशले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मनासस पार्कमा बसोबास गर्दै आएका दम्पतीबिच केही समय अगाडि देखि वादविवाद भइरहेको ममताले सामाजिक सञ्जालको एउटा स्टाटसले प्रस्ट पार्छ । उनले लेखेकी थिइन् हाई म छ महिने बच्चाकी आमा हुँ । म श्रीमानसँग अलग हुन खोजिरहेको छु । म हप्ताको दुई दिन मात्र काम गर्छु । तर, मेरा श्रीमानले मलाई बच्चालाई हेर्न साथ दिएका छैनन् । म अलग भएपछि उनले बच्चालाई बाल कस्टडीमा राख्छु भन्छन्, । के यो सम्भव छ ? मलाई बच्चाको हेरचाह गर्ने केन्द्रबारेमा सहयोग चाहियो । मैले सामाजिक कार्यकर्ताबाट सहयोग र केही सल्लाहको अपेक्षा गरेकी छु ।

सुरुसुरुमा सम्बन्ध राम्रै भएता पनि पछिल्लो समय भने उनीहरूको सम्बन्धमा दरार आएको उनी निकट केही व्यक्तिहरूले बताएका छन् । बिहीबार भर्जिनिया प्रहरीले पक्राउ गरेको नरेशलाई शुक्रवार अदालत उपस्थित गराएको थियो । उनीमाथि ममताको हत्या गरी शव लुकाएको अभियोग लगाइएको छ । नरेशले ३० जुलाई मा घरभित्रै आफ्नी श्रीमती ममताको हत्या गरेको र हत्यापश्चात् शव घिसार्दै बाहिर ल्याएको प्रमाण फेला परेको प्रहरीले अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेख छ । अदालतमा पेस गरेको कागजातमा उनको घरकै बेड रुममा हत्या गरेर शव बाहिर कतै घिसारेको प्रमाण फेला परेको समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । प्रमाणका रूपमा बेड रुम र बाथरुममा रगत देखिएको बताइएको छ । जुलाई ३० मा नरेशले वालमाटबाट तीन वटा चक्कु किनेको देखिएको छ तर त्यस मध्ये दुई वटा चक्कु गायब छन् ।

प्रहरीले नरेशलाई पक्राउ गर्नु अघि उनको घरमा छापा मार्दा घरभित्रको मास्टर बेड रुमको भुईँ फ्लोरमा कार्पेटमा रगतका केही छिटाहरू र बाथरुमको भित्र समेत रगतका छिटाहरू फेला परेको र विभिन्न ब्लड सफा गर्ने केमिकल समेत सफाइका सामानहरू सहित भेटाएको थियो । र त्यसको भोलिपल्ट सफाइका लागि आवश्यक सामग्री किनेको भेटिएको बताएका छन् । प्रहरीले ममताको शव फेला पारे÷नपारेको कुरा अझै प्रस्ट्याएको छैन । प्रहरीले आरोपित नरेश भट्टलाई पक्राउ गरेसँगै उनकै साथमा रहेकी एक वर्षीय नाबालिगका छोरीलाई हेर चाका लागि स्थानीय हेरचाह गृहले लगेको छ ।

सोमबार भएको अदालतको फैसलाले उनलाई जमानतमा छुट्न नपाउने गरी अक्टोबर २४ सम्म जेल चलान गरेको छ । प्रहरी नियन्त्रणमा रहेका नरेशलाई अदालतमा उपस्थित गराएका बेला सरकारी पक्षका वकिलहरूले उनले कम्प्युटरबाट श्रीमती मरेको कति समयमा अर्को विवाह गर्न मिल्छ भनेर त्यसबारे गुगलमा खोजी गरेको जिकिर गरेका हुन् यद्यपि उनीमाथि अनुसन्धान जारी रहेको बताएको छ । प्रहरीले उनीमाथि शव ओसारपसार गरेको, लुकाएको र अल्टर गरेको लगायतका अभियोग लगाएको छ ।

हत्या पश्चात् नरेशले थुप्रै प्रमाण नष्ट गर्ने प्रयास गरेको पनि बताइएको छ । उनले मनासस पार्कमा रहेको आफ्नो घर बिक्री गर्ने तयारी पनि गरेका थिए । केही दिनअघि मात्रै उनले आफ्नो टेस्ला गाडी भने बिक्री गरिसकेका थिए । उनले ११ महिने छोरीलाई नेपाल फर्काउनका लागि कागजात पनि तयार पारिसकेका थिए । ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् । भट्टको अभियोग पत्रमा उजुरीमा भनिएको छ, ’जुलाई ३०, २०२४ मा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए ।’

अनुसन्धानको क्रममा ममताको मृत्युसँग मिल्दोजुल्दो डिजिटल र फरेन्सिक प्रमाण बरामद भएको प्रहरीले जनाएको छ । नरेश पक्षका वकिलले हिंसाको इतिहास नरहेको भन्दै धरौटीमा छाड्नुपर्ने बताएका थिए । यथेष्ट प्रमाण समेत नरहेको दाबी गर्दै उनले जिपिएस निगरानीमा छाड्न सकिने दलिल पेस गरेका थिए । तर, न्यायाधीशले ’जेल विथआउट बेल’ सदर गरे ।

ShareTweetPin
Previous Post

प्रकाश तामाङ घर फर्किए, नागरिकता बनाइदिने तयारी

Next Post

केदार कार्कीले सदनमा दिए कडा चुनौती, अनसन बस्ने चेतावनी

Next Post

केदार कार्कीले सदनमा दिए कडा चुनौती, अनसन बस्ने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.