विराटनगर । बजेट पास भएपछि स्थगित भएको कोशी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे विराटनगर कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । यो दुई महिनाको अवधिमा प्रदेशको सत्तासमीकरण परिवर्तन भइसकेको छ ।
८ असारको बैठकमा प्रतिपक्षमा बसेको नेपाली कांग्रेस आजको बैठकमा सत्तापक्षमा बस्नेछ भने सत्तापक्षमा रहेको माओवादी केन्द्र प्रतिपक्षमा बस्नेछ ।
सरकारमा सहभागी हुने निर्णय गरे पनि कांग्रेसले मन्त्रीको नाम भने पठाउन सकेको छैन । कोशी प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता छन् ।