इटहरी। फोटो पनि कफी पनि भन्ने नाराका साथ इटहरीमा फोटोकफी क्याफे संचालनमा आएको छ । शनिबार एक कार्यक्रमका विच हास्यकलाकार सुमन कार्कीले क्याफे हाउसको उद्घाटन गरे । ग्राफिक डिजाइनर निरज निरौला र रेनु घिमिरेको लगानीमा क्याफे सञ्चालनमा आएको हो ।
इटहरी रंगसाला छेउमा रहेको क्याफेको उद्घाटन गर्दे कार्कीले कफी हाउसले युवाहरुको ध्यान केन्द्रीत गर्ने बताए । कफि पिउदै स्तरीय फोटो खिचाउन पाइने क्याफेको विशेषता रहेको छ ।
शान्त तथा सितल वातावरणमा रमाउन चाहनेहरुको लागि भनेर क्याफेको संरचना तयार गरिएको निरौलाले बताए । निरजले आफू ग्राफिक डिजाइनर भएकै कारण समेत फोटो र कफि लाई एकैठाउँमा संलग्न गरेको बताए ।
उनकाअनुसार सुरुवातमा कफिको व्यवस्था गरिएपनि खाजाका परिकारहरुसमेत राखिनेछन् । इटहरी रंगशाला र कोशी राजमार्ग नजिकै भएको हुँदा क्याफेले धेरैभन्दा धेरै ग्राहकहरुको माया पाउनेमा उनी विश्वस्त छन् ।
आफूहरुले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिएको अर्की सञ्चालिका रेणु घिमिरेले बताइन् । उद्घाटन कार्यक्रममा बोल्दै इटहरी उपमहानगरपालिका वडा नंं. ९ कि वडा सदस्य राधिका पौडेलले युवा स्वरोजगारलाई प्रोत्साहन गर्नुपर्ने बताइन्।