इटहरी। नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
नेकपा (माओवादी केन्द्र) सँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले मात्रै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलले दाहाललाई विश्वासको मत नदिने निर्णय गरेका छन्।
प्रतिनिधि सभामा विश्वासको मतका लागि १३८ सांसद आवश्यक पर्छ। २७५ सदस्यीय प्रतिनिधि सभाका अधिकांस सांसद विपक्षमा देखिएका छन्।