‘हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल’ भन्ने नाराका साथ इटहरीमा फुटबल

इटहरी । इटहरीमा शितलामाई एण्ड के.वि याम्फुको पहिलो डेर ड्रिम दशै फुटबल सुरू भएको छ ।

वडा नं. ५ स्थित रक्तमाला खेल मैदानमा दशै तिहारलाई लक्षित गरेर ‘हाम्रो गोल लागु औषध दुव्र्यसनी विरूद्धको बोल’ भन्ने नाराका साथ प्रतियोगिता सुरु भएको आयोजक डेर ड्रिम सोसाइटीका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिएका छन् ।

के.बि यामफु कन्ट्रक्सन एण्ड सप्लासर्स प्रा.लि खेलको मुख्य प्रायोजक रहेको प्रतियोगिता आगामि कात्तिक ४ गतेसम्म संचालन हुने छ ।

जसको मिडिया पार्टनरमा फलैचा मिडिया प्रा.लि. समेत रहेको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here