‘एक भागवत गीता’ हेर्न इटहरीका हलमा दर्शक

इटहरी । गत भदौ २९ गतेबाट रिलिज भएको चलचित्र ‘एक भागवत गीता’ले देशभर राम्रो बजार लिन थालेको छ । झरना थापाको निर्देशनमा बनेको चलचित्र पूर्वमा पनि इटहरीको इलाइट सिनेमा र सिनेफ्लेक्समा दर्शकको बाक्लो उपस्थितिमा प्रर्दशनमा भइरहेको छ ।
चलचित्रले यौनिक तथा लैंगिक अल्पसंख्यकको कथा झल्काएको छ । यसैगरी उनीहरुलाई समाजले कसरी स्वीकार गर्छ भन्ने विषय देखाइएको छ । मिथिला र पोखराको प्राङ्गणमा छायाँकन गरिएको चलचित्रले झिझियालगायत मिथलाका अन्य संस्कृतिलाई समेत समेटेको छ ।
चलचित्रका कलकार सुहाना थापाले गीताको भूमिका निर्वाह गरेकी छिन् । दर्शकले एकदमै रुचाएको पात्र बिपिन कार्कीको ‘कमला माई’ को भूमिकामा छन् । चलचित्रले छोरी जन्मदा गरीने हेला र छोराले महिलाले लगाउने श्रृगार लगाउँदा छोरा मान्छेको आयु घट्छ भनेर सोच्ने जस्ता विकृत मानसिकतालाई चित्रित गरिदिएको छ ।
चलचित्र हेर्न जाँदा मिथिलाबासीले नेपाली भाषा बुझ्न समस्या हुने र पहाडी समुदायका दर्शकलाई मैथिली भाषा बुझ्न समस्या हुन्छ । यो चलचित्रमा भने मैथिली र नेपाली भाषा प्रयोग भको छ । जसले गर्दा सबैतिरका दर्शकलाई सहज मानिएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here