उर्लाबारीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

इटहरी । मोरङको उर्लाबारी नगरपालिका–६ मा बुधबार बिहान बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५–७० वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । बसले आज बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो ।
अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  शव सोही अस्पतालमा राखिको छ । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया छाड्नुहाेस्

Please enter your comment!
Please enter your name here